ख्रीष्टाब्द
१९२० मा डा.
बी. पी. ग्रिनफेल
मिश्रमा यात्रा गर्ने क्रममा
तिनले इङ्गल्यान्डको म्यानचेस्टरस्थित
जोन
राइल्यान्ड्स
लाइब्रेरीको लागि
प्राचीन पपाइरसहरूको एउटा सङ्कलनलाई
किने । १९३४
मा आएर मात्रै
कोलिन एच. रोबर्टसले
उक्त लाइब्रेरीमा राखिएको
पपाइरसको एउटा टुक्रालाई
अध्ययन गरी त्यसलाई
अनूवाद गरेपछि त्यसको ऐतिहासिक
महत्त्व सतहमा देखा पर्यो
।
राइल्यान्ड्स लाइब्रेरी
पपाइरस
पी५२
अर्थात् सन्त यूहन्नाको
टुक्रा
नाउँ दिइएको उक्त
पपाइरसको अंशलाई ख्रीष्टाब्द १२५–१५० को
बिचमा तयार पारिएको
थियो भनी अधिकांश
बाइबल विद्वान्हरू सहमत
छन् । हालसम्म
पत्ता लागेको यो
नै नयाँ करारको
प्राचीनतम पाण्डुलिपि हो ।
एसिया माइनरमा रचना
गरिएको यस पाण्डुलिपिको
टुक्रालाई मिश्रमा फेला पारिएकोले
त्यसको प्रचार–प्रसारको लागि
अवश्य केही समय
लागेको हुनुपर्छ ।
३.५ इन्च
लमाइ र २.५ इन्च
चौडाइको यस टुक्रामा
यूहन्ना १८ अध्यायका
वचनहरू अभिलिखित छन् ।
टुक्राको अगाडिपट्टि पदहरू ३१–३३ का
आंशिक वचनहरू छन्
भने पछाडिपट्टि ३७–३८ का
आंशिक वचनहरू ।
यस टुक्राको दुवैपट्टि
लेखिएकोले यो कोडेक्स
(पुस्तकको आकारमा लेखिएको प्राचीन
हस्तलिखित प्रतिलिपि) को अंश
हुनुपर्छ ।
ग्रिक
भाषामा लेखिएको यस टुक्रा
आज हामीले पढ्ने
बाइबल र दुई
हजार वर्षअगि रचना
गरिएको बाइबललाई जोड्ने महत्त्वपूर्ण
कडी हो ।
दोस्रो शताब्दीको पूर्वाद्धमा नै
मिश्रका ख्रीष्टियानहरूले हामीले पढेका वचनहरू
पढ्दा रहेछन् भनी
यस टुक्राले छर्लङ्ग
पार्दछ ।