बाइबलीय
पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला शिलालेखहरूको
उल्लेखनीय महत्त्व रहेको छ
। यस खोजले
बाइबलीय ज्ञानमा थप प्रकाश
छर्ने काम गरेको
छ ।
माटोले
बनेका १,८००
ओटा पत्रहरू, ४,७०० टुक्राहरू
र अन्य हजारौँ
स–साना चोइटाहरूको
सङ्ग्रहलाई दिइएको नाउँ हो,
एब्ला शिलालेखहरू ।
सिरियाको एब्ला नाउँ गरेको
प्राचीन सहरमा यो खोज
पत्ता लागेको थियो
। उत्खननको क्रममा
इटालीका पुरातत्त्वविद् पावलो मत्तिया र
उनको दलले ख्रीष्टाब्द
१९७४–१९७५ मा
यी शिलालखेहरू फेला
पारेका हुन् ।
यी शिलालेखहरूलाई हाल
सिरियाका विभिन्न सङ्ग्रहालयहरूमा राखिएका
छन् ।
बाइबलसित
यस महत्त्वपूर्ण खोजको
के सम्बन्ध रहेको
छ त ? दस्तावेजी सिद्धान्तका प्रतिपादकहरूले
विगतमा सिकाउँदै आएका थिए
कि मोशाको समय
(१,४०० ख्रीष्टपूर्व)
मा लेख्ने चलनको
विकास भइसकेको थिएन
। त्यसैले, बाइबलका
ती अगिल्ला पाँच
ओटा पुस्तकहरू १,४०० ख्रीष्टपूर्वतिर
मोशाले नभई धेरै
शताब्दीपछि अरूहरूले तयार पारेका
हुन् भनी तिनीहरूले
दाबी गर्दै आएका
थिए । तर
एब्ला आविष्कारले छर्लङ्ग
पारेको छ कि
मोशाभन्दा हजार वर्षअगि
नै व्यवस्था, रीतिरिवाज
र घटनाहरूलाई लेखेर
राखिँदोरहेछ ।
एब्ला
आविष्कारको अर्को महत्त्वपूर्ण योगदान
उत्पत्ति १४ अध्यायसित
जोडिएको छ जुन
अध्यायलाई वर्षौंसम्म ऐतिहासिक ठानिएको
थिएन । यस
अध्यायले एलामका राजा कदोर्लाओमेरसाथै
मेसोपोटामियाका अन्य राजाहरूमाथि
अब्राहामको विजयलाई उल्लेख गर्दछ
। यी राजाहरूलाई
काल्पनिकसाथै सदोम, गमोरा, अदमा,
सबोयीम र सोअरजस्ता
बेँसीका पाँच ओटा
सहरहरूलाई मिथ्या ठानिएको थियो
। उत्पत्ति १४
अध्यायमा लेखिएको छ, “तब
सदोम, गमोरा, अदमा,
सबोयीम र बेलाका
(अर्थात् सोअरका) राजाहरू निस्केर
सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध
गर्नलाई मोर्चा बाँधेर जम्मा
भए । एलामका
राजा कदोर्लाओमेर, गोयीमका
राजा तिदाल, शिनारका
राजा अम्रापेल, एल्लासारका
राजा अर्योकसित, यी
पाँच राजाहरूका विरुद्धमा
चार राजाहरू” (उत्पत्ति
१४:८–९)
। तर एब्ला
पत्रहरूले बेँसीका यी पाँच
ओटै सहरको नाउँ
उल्लेख गरेका छन्, त्यो
पनि उत्पत्ति १४
अध्यायले जस्तै उही क्रममा
।
इतिहाससित
जोडिएका बाइबलका कतिपय विवरणहरूलाई
बाइबलका आलोचकहरूले विश्वसनीय ऐतिहासिक
अभिलेखको रूपमा इन्कार गर्दै
आएको भए तापनि
एकातिर पुरातात्त्विक खोज बाइबलीय
विवरणसित मेल खाएको
छ भने अर्कोतिर
यसले बाइबलका ती
विवरणहरूलाई ऐतिहासिक अभिलेखको रूपमा
पुष्टि गरिदिएको छ ।