नाबोनिदस
नव–बेबिलोनी साम्राज्यका
राजा थिए जसले
५५६–५३९ ख्रीष्टपूर्वसम्म
शासन गरेका थिए
। ५३९ ख्रीष्टपूर्वमा
फारसका राजा कोरेसद्वारा
तिनको पराजयसँगै नव–बेबिलोनी साम्राज्य ढल्न
पुग्यो । तसर्थ,
सेकुलर इतिहासले तिनलाई नै
नव–बेबिलोनी साम्राज्यका
अन्तिम राजाको रूपमा उल्लेख
गर्दै आएको थियो
। तर दानिएलको
विवरणअनुसार बेलसजर अन्तिम राजा
भएको जस्तो देखिन्छ,
“बेलसजर राजाले आफ्ना एक
हजार जना भारदारहरूलाई
एक ठूलो भोज
दिए र उनीहरूसित
उनले दाखमद्य पिए”
(दानिएल ५:१)
।
केही
इतिहासकारहरूले बाइबलमा उल्लिखित राजा
बेलसजरलाई काल्पनिक पात्र ठानेका
थिए । बाइबलभन्दा
बाहिरको कुनै पनि
स्रोतले बेलसजरलाई बेबिलोनी राजाहरूको
सूचीमा समावेश नगरेकोले र
सेकुलर इतिहासअनुसार नाबोनिदस नै नव–बेबिलोनी साम्राज्यका आखिरी
राजाको रूपमा देखिएकोले दानिएलको
विवरणमा त्रुटि छ भनी
बाइबलका आलोचकहरूले निष्कर्ष निकाल्दै
आएका थिए ।
तर
ख्रीष्टाब्द १८५४ को
पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूको
त्यस निष्कर्षलाई गतिलो
जवाफ दिएको छ
। जे. ई.
टेलरले ऊर भनिने
बाइबलीय सहर (आधुनिक
इराकमा पर्ने) को निरीक्षण
गर्दा तिनले माटोले
बनेका चार ओटा
सिलिन्डर फेला पारे
। छैटौँ शताब्दी
ख्रीष्टपूर्वमा नाबोनिदसद्वारा यी सिलिन्डरहरूमा
लिखित कीलाक्षरी लेखनले
भवनहरूको पुनर्निर्माणसाथै इतिहासबारे चर्चा गर्छन्
। इतिहासकारहरूका लागि
सबैभन्दा चकित पार्ने
कुरो नाबोनिदसका जेठा
छोरा बेलसजरको उल्लेख
हो ।
बाइबलभन्दा
बाहिर राजा बेलसजरको
नाउँलाई उल्लेख गर्ने यो
पहिलो सन्दर्भ हो
। अहिले हामीलाई
प्रस्ट रूपमा थाहा छ
कि बेलसजर नाबोनिदसका
जेठा छोरा थिए
जसले आफ्ना पिता
बेबिलोनभन्दा बाहिर छँदा प्रति–शासकको रूपमा राज्य
चलाएका थिए ।
दानिएललाई राज्यको दोस्रो नभई
किन “तेस्रो सर्वोच्च
शासक” (दानिएल ५:२९)
भनी घोषणा गरियो
भनेर पनि यसले
व्याख्या गर्दछ । यसरी
बाइबलीय विवरण र पुरातात्त्विक
खोजबाट हामी निष्कर्ष
निकाल्न सक्छौँ कि नाबोनिदस
र बेलसजर क्रमश:
राजा र प्रति–शासक थिए
। यस खोजले
निर्वावाद रूपमा बाइबलको ऐतिहासिक
सच्चाइलाई पुष्टि गरेको छ
।