menu bar

Tuesday, June 23, 2015

बाइबलसित सम्बन्धित तिन हजार वर्ष पुरानो शिलालेख फेला पारियो



इस्राएलका महानतम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेको भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकताबारे नै प्रश्न उठाउँदै आएका थिए तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको आशङ्कालाई एक प्रकाश वर्ष टाढा पुर्याइदिएको   

आधुनिक इस्राएलको उत्तरपट्टि अवस्थित टेल दान भन्ने ठाउँमा पुरातत्त्वविद् अब्राहाम बिराम तिनको दलले उत्खनन गर्ने क्रममा ख्रीष्टाब्द १९९३१९९४ मा केही शिलालेखहरू फेला पारे जसलाई समग्रमा टेल दान शिलालेख भनिन्छ यो ठाउँ पुरानो करारको दानको भूमि हो भनी साक्षीले पुष्टि गर्छ नवौँ शताब्दी ख्रीष्टपूर्वमा रचना गरिएको यस शिलालेखमा प्रस्ट रूपमादाऊदको परिवारइस्राएलका राजाभनी उल्लेख गरिएको दाऊदको नाउँ उल्लिखित बाइबलभन्दा बाहिर फेला पारिएको यो नै पहिलो प्राचीन शिलालेख हो  

भाँचिएको यस शिलालेखमा अरामी राजा (सम्भवत: हजाएल) द्वारा इस्राएल यहूदामाथि हासिल गरेको विजयको चर्चा गरिएको दुई जना राजाको पराजयको उत्सव मनाउन यस शिलालेख खडा गरिएको थियो ख्रीष्टाब्द १९९४ मा थप दुई ओटा टुक्राहरू फेला पारिए जसमा इस्राएलमाथि शासन गर्ने आहाबका छोरा यहोराम दाऊदको परिवार अर्थात् यहूदामाथि शासन गर्ने अहज्याहको उल्लेख गरिएको यी नाउँसाथै सत्यताहरू राजा अध्यायमा वर्णित विवरणसित मेल खान्छन् यस शिलालेखले ज्यादै नाटकीय ढङ्गमा बाइबलीय खण्डमा जीवन ल्याउने काम गरेको यसले हामीलाई बाइबलीय खण्डको ऐतिहासिक सत्यतामा अझ बेसी निश्चयता पनि थप्छ”, बिब्लिकल आर्खियोलोजी सोसाइटीका संस्थापक डा. हर्सेल स्याङ्क्सले बताए     

झण्डै तिन हजार वर्ष पुरानो यस शिलालेखलाई हाल यरूशलेमस्थित इजराएल सङ्ग्रहालयमा राखिएको

यस विस्मयकारी आविष्कारसँगै थुप्रै सत्यताहरू उदाङ्गो भएका छन् सर्वप्रथम, “दाऊदको परिवारभन्ने पदावलीको प्रयोगले इस्राएलमाथि शासन गर्ने दाऊदिय वंश अस्तित्वमा थियो भनी अङ्कित गर्छ यसबाट ऐतिहासिक राजा दाऊद यस धरतीमा बाँचेका थिए भनी हामी निर्धक्कसँग निष्कर्ष निकाल्न सक्छौँ दोस्रोमा, बाइबलले बयान गरेजस्तै इस्राएल यहूदाका राज्यहरू प्रमुख राजनीतिक राज्यहरू थिए जब कि आलोचकहरूले लामो समयसम्म यी राज्यहरूलाई नगण्य ठानेका थिए  

इजराएल सङ्ग्रहालयका कर्मचारी एरान एरीले यस आविष्कारको महत्त्वबारे टिप्पणी गरे, “निस्सन्देह, यो शिलालेख बाइबलसित सम्बन्धित सर्वाधिक महत्त्वपूर्ण शिल्पकृतिहरूमध्ये एक हो विख्यात पुरातत्त्वविद् ब्राएन्ट वुडले यस खोजको महत्त्वलाई सारांशमा ल्याएका छन्, “दाऊद सोलोमन कहिल्यै अस्तित्वमा थिएनन् भनी धेरै विद्वान्ले भनेका छन् तर हामीसँग भएको शिलालेखले वास्तवमा दाऊदको नामै तोक्छ




Leave Your Comments Here.