ख्रीष्टाब्द
२००२ अर्थात् आजभन्दा
केवल १५ वर्षअगि
संसारलाई तिन छक
पार्ने चुन ढुङ्गाबाट
निर्मित एउटा अस्थि
बाकस फेला पारिएको
उद्घोष गरियो । इस्राएलको
यरूशलेममा फेला पारिएको
उक्त अस्थि बाकसमा
प्राचीन आरमेइक भाषामा प्रस्ट
रूपमा लेखिएको थियो—
“याकूब, योसेफका पुत्र, येशूका
भाइ ।” आरमेइक
पहिलो शताब्दीमा यरूशलेमको
भाषा थियो ।
यो यति महत्त्वपूर्ण
खोज थियो कि
अङ्ग्रेजी पत्रिका टाइमले यसलाई
“नयाँ करारको पुरातात्त्विक
इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज”
भनेको छ । पुरातत्त्वविद्हरू विश्वास गर्छन् कि
यो खोज “ख्रीष्टियमतको
इतिहासमा तिन महत्त्वपूर्ण
पात्रहरू— येशू, याकूब र
योसेफ— को विषयमा
बताउने सबैभन्दा अगिल्लो पुरातात्त्विक
प्रमाण” हो ।
यो अस्थि बाकसमा
कुनै समयमा येशूका
भाइ याकूबका हड्डीहरू
हुन सक्ने अनुमान
तर्कसङ्गत नै छ
।
चुन
ढुङ्गाबाट निर्मित यो अस्थि
बाकसको लमाइ २०
इन्च छ भने
उचाइ लगभग १२
इन्च । मासु
सडेपछि हड्डीहरू जम्मा गर्न
यो आकारको बाकस
पर्याप्त थियो ।
यहूदीहरूले लाशलाई गुफामा गाड्ने
गर्थे अनि एक
वर्ष बितेपछि हड्डीहरूलाई
यस्तै किसिमको चुन
ढुङ्गाबाट बनेको बाकसभित्र राख्थे
। बाकसको बाहिरपट्टि
मृतक र उसको
बुबाको नाउँ लेख्ने
चलन थियो ।
तर यो बाकसमा
किन दाजु (येशू)
को नाउँ पनि
लेखिएको छ त
? किनकि येशू पहिलो
शताब्दीको प्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो
। २० ख्रीष्टपूर्वदेखि
ख्रीष्टाब्द ७० सम्म
यहूदीहरूले यस्ता अस्थि बाकसहरूको
प्रयोग गरेका थिए ।
स्मरण रहोस्, ख्रीष्टाब्द
७० मा रोमीहरूले
यरूशलेमको मन्दिरलाई नष्ट पारेका
थिए ।
बाइबलिय
विवरणअनुसार येशूका चार भाइमध्ये
एक हुन् याकूब
(मत्ती १३:५५)
जो योसेफका पुत्र
थिए । याकूबलगायत
अन्य भाइहरूले येशूमाथि
विश्वास गर्दैनथ्ये (यूहन्ना ७:५) ।
तर पुनरुत्थान हुनुभएका
प्रभु येशू ख्रीष्ट
याकूबकहाँ देखा पर्नुभएपछि
तिनको जीवनमा नाटकीय
परिवर्तन आयो (१
कोरिन्थी १५:७)
। पछि तिनी
यरूशलेम मण्डलीका अगुवा बने
(गलाती २:९)
। तिनले आफ्नो
नाउँ धारण गरेको
एउटा पत्र पनि
लेखेका छन् जसलाई
नयाँ करारमा “याकूबको
पत्र” भनेर चिनिन्छ
। यहूदी इतिहासकार
योसिफसअनुसार ख्रीष्टाब्द ६२ मा
याकूब यरूशलेममा सहिद
भए । यस
चुन ढुङ्गाको बाकसबारे
गरिएको जाँच, शिलालेखमाथिको गतिलो
अध्ययन र लेखन
शैली सबैले नै
यो बाकस येशूका
भाइ याकूबको निधन
भएको समयतिरको हो भनी
समर्थन गर्छन् ।
यो
अस्थि बाकसका मालिक
ओदेद गोलान हुन्
जो इस्राएलका इन्जिनिएरसाथै
प्राचीन वस्तुहरूका सङ्कलनकर्ता हुन्
। अस्थि बाकस
पहिलो शताब्दीकै हो
भन्ने कुरामा सबै
सहमत भए तापनि
त्यसमा कुँदिएको लेखचाहिँ पछि
जालसाजीपूर्वक थपिएको हो भनी
ख्रीष्टाब्द २००३ मा
गोलानलाई आरोप लागेको
भए तापनि शिलालेखमाथि
थप अध्ययन गरेपछि
उक्त लेख पनि
पहिलो शताब्दीकै भएको
पुष्टि भएको छ
।
यो
विस्मयकारी आविष्कारसँगै एउटा महत्त्वपूर्ण
प्रश्नको उदय हुन्छ—
के यस शिलालेखमा
उल्लिखित येशू ख्रीष्टियमतका
संस्थापक येशू नै
हुनुहुन्छ त ? बाइबलको
समयमा येशू, याकूब
र योसेफजस्ता नाउँहरू
सामान्य भए तापनि
विद्वान्हरूको भनाइअनुसार यी तिन
जनाको नाउँ जुन
सम्बन्धमा लेखिएको छ त्यसलाई
अध्ययन गर्दा यी बाइबलिय
पात्रहरू नै हुन्
भनी आशङ्का गर्नुपर्दैन
।
येशूको
नाउँलाई उल्लेख गर्ने यो
नै पहिलो शिल्पकृति
र पहिलो शताब्दीको
एक मात्र शिल्पकृति
हो । बाइबलले
चित्रण गरेजस्तै यो अस्थि
बाकसको शिलालेखले याकूब, योसेफ
र येशूको पारिवारिक
सम्बन्धलाई सटिक ढङ्गमा
प्रस्तुत गरेको छ ।