ख्रीष्टाब्द
१९८६ को जनवरी
महिनामा इस्राएल देशको गालील
समुद्रको उत्तरी तटमा माटोमुनि
गडेर रहेको अवस्थामा
एउटा डुङ्गा फेला
पारियो । दुई
हप्ताभित्रै यो खबर
वनको डडेलोझैँ फैलियो
। स्थानिय अखबारहरूले
“येशूको डुङ्गा” फेला पारियो
भनी लेख्न थाले
। गालीलको समुद्रमा
पत्ता लगाइएको “पहिलो
प्राचीन पानी जहाज”
भनी पुरातत्त्वविद्हरूले घोषणा
गरे । यो
ख्रीष्टियानसाथै यहूदीहरूका लागि एउटा
महत्त्वपूर्ण ऐतिहासिक खोज थियो
।
मोसे
र युबाल नाउँ
गरेका दाजु–भाइले
यो प्राचीन डुङ्गा
पत्ता लगाएका थिए
। इस्राएलका प्राचीन
वस्तुहरूको खोजको लागि यी
दाजु–भाइ सौखिन
पुरातत्त्वविद्हरू थिए ।
खडेरीको कारणले गर्दा तालको
पानीको सतह घटेको
बेलामा तिनीहरू तटको जाँच
गर्न गएका थिए
। कुनै वस्तुमा
ठोक्किएपछि के रहेछ
भनी थप उत्खनन
गर्दा उक्त डुङ्गा
पत्ता लागेको हो
। डुङ्गामा क्षति
नहोस् भन्ने हेतुले
१२ दिन १२
रात लगाएर निकै
होसियारीसँग पुरातात्त्विक दलद्वारा त्यसको उत्खनन
गरिएको थियो ।
डुङ्गालाई इस्राएलस्थित यिगाल अल्लोन
सङ्ग्राहलयमा राख्नुअगि
७ वर्षसम्म रासायानिक
पदार्थमा डुबाएर राखिएको थियो
।
२६.५ फिट
लमाइ, ७.५ फिट चौडाइ
र ४.५ फिट उचाइ
भएको यो डुङ्गा
पहिलो शताब्दी ख्रीष्टपूर्व
र ख्रीष्टाब्दको बिचमा
प्रयोग गरिएको थियो जुन
समयमा येशू यस
धरतीमा मानव चोलामा
बाँच्नुभएको थियो ।
१२ किसिमका बेग्लाबेग्लै
काठहरूबाट निर्मित यस डुङ्गालाई
बारम्बार मर्मत गरिएको तथ्यले
यसलाई दसकौँसम्म प्रयोग
गरिएको थियो भनी
देखाउँछ । पुन:
मर्मतको सम्भावना नदेखिएपछि डुङ्गाका
उपयोगी काठहरूलाई निकाली त्यसलाई
त्यसै छाडिदिएको हुनुपर्छ
जुन शताब्दीऔँसम्म हिलोमा
गडिन पुग्यो ।
येशूको
जीवनी र सेवा–कार्यमा डुङ्गाले उल्लेखनीय
भूमिका निर्वाह गरेको छ
। येशू डुङ्गामा
हुनुहुँदा उहाँले बतासलाई शान्त
पार्नुभयो (मर्कूस ४:३९)
। डुङ्गा छालको
चपेटामा पर्दा येशू पानीमाथि
हिँडेर चेलाहरूकहाँ आउनुभयो (मत्ती
१४:२५) ।
येशू उहाँका चेलाहरूसँगै
डुङ्गामा चढेर गालीलको
समुद्र वारपार गर्नुहुन्थ्यो भनी
चार ओटै सुसमाचारले
बारम्बार उल्लेख गरेका छन्
(मत्ती ८:२३–२७; मर्कूस
४:३५–४१;
लूका ८:२२–२५; यूहन्ना
६:१६–२४)
। सुसमाचारहरूमा झण्डै
५० पटक डुङ्गाको
उल्लेख गरिएको छ । सुसमाचारहरूले चित्रण गरेको डुङ्गामा
जस्तै पत्ता लगाइएको
यस डुङ्गामा तेर्ह
जना व्यक्तिहरू (येशू
र उहाँका १२
जना चेलाहरू) सजिलैसित
अटाउन सक्थे ।
येशू
र उहाँका चेलाहरूले
यस डुङ्गालाई प्रयोग
गरेको हुन सक्छन्
भनी केहीले निष्कर्ष
निकाल्ने प्रयास गरेको भए
तापनि यकिनसाथ भन्न
मुस्किल छ ।
तर योचाहिँ निश्चयतासाथ
भन्न सकिन्छ कि
बिसौँ शताब्दीको अन्त्यमा
पत्ता लगाइएको यस
डुङ्गाले येशूको समयको डुङ्गाको
प्रतिनिधित्व भने अवश्य
गर्दछ । सुसमाचारिय
विवरणहरूलाई काल्पनिक कथाको दर्जा
दिन खोज्नेहरूलाई यस
आविष्कारले गतिलै झट्का दिएको
छ ।